गाउँ सहर

जेठ ६ गते गृहमन्त्री थापाको स्थानमा उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको छ । आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।

सहसचिव एव आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले उक्त घोषणा अनुसार उपनिर्वाचन तयारी सम्बन्धी कार्य प्रारम्भ गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोही बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको उनले जानकारी दिए ।

उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेको छन् । जसको मतदानबाट राष्ट्रिय सदस्यको नयाँ सदस्य चयन हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत