स्वास्थ्य

काेराेनाका सक्रिय संक्रमितमध्ये एक लाख दश हजारकाे अवस्था गम्भिर, हालसम्म ३० लाख ८४ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८९ लाख २८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ३३ लाख ९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ५३ लाख २२ हजार नाघेको छ भने मृतकको संख्या ३० लाख ८४ हजार ९९५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख १० हजार ९० जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २६ लाख ६९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५२ लाख ३६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ४८ हजार जनामा भाइरस सक्रिय छ । 

भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ६२ लाख ५७ हजार ३०९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ८६ हजार ९२८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३६ लाख ४१ हजार ६०६ जना निको भएका छन् । सक्रिय केस २४ लाख २८ हजार ७७५ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४१ लाख ७२ हजार जना संक्रमितमध्ये १ कराेड २६ लाख ७३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ८३ हजारभन्दा बढी छन् । हाल ११ लाख १४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ९२ हजार १५२ जना पुगेका छन् भने २ लाख ७६ हजार ३४५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ११७ पुगेको छ भने १२ हजार ६९० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत