प्रेरणा

बुद्धका यी बचन जसले अध्याँराे जीवनमा डुब्नबाट तपाईँलाई जाेगाउँछ

काठमाडौं । धेरै आफन्त सफल बन्न सुझाव दिन्छन् तर सफलताको सूत्र थोरैले मात्र सिकाउँछन् । तर आफै भने त्याे सूत्र पालना गरिरहेका हुँदैनन् । अनि दुःख पिडा, अशान्ति बाेकेर हिँडिरहेका हुन्छन् । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो ।

जीवनमा यस महान् स्वार्थ सिद्धिको लागि परामार्थ सिद्धिको आवश्यकता पर्छ । यही कारण हो कि जीवनको सफलताको लागि सदाचार, उच्च विचार, शुभ संकल्प, विनयशिलता र श्रमशक्तिको परम आवश्यकता रहन्छ । सबको साथ सहभागी हुँदै प्रेमपूर्वक कार्य गर्नु, शुभ इच्छा, श्रम तथा साहस र इमान्दारीबाट धन कमाउनु, धनलाई धर्ममा लगाउनु र त्यसबाट ज्ञान प्राप्त गर्नु पर्दछ । यही प्रक्रियाबाट जीवनलाई आन्तरिक शक्ति प्राप्त हुन्छ । जुन स्थितिलाई शास्प्रभा कल्याण भनिएको छ ।

कल्याण प्राप्त गरेमा मात्र व्यक्ति काम, क्रोध, लोभ, मोह, परतन्त्रता, राग, द्वेष, मृत्यु, भय लगायतका विकारहरुबाट बचेर परमानन्दको भोग भोग्न पाउँछ । यसैको नाम नै जीवन हो । हर मानव जीवनमा मलाई सुख छ, मलाई कुनै दुःख पिडा, अशान्ति छैन भन्ने यो संसारमा विरल्लै मात्र पाउन सक्छौं होला, चाहे महान् धनाढ्य नै किन नहोस् या गरीब नै किन ? जबसम्म मनभित्र लोभ, लालच अहंकार, घमण्ड, इष्र्या रहन्छ, तबसम्म यो मानवजीवनमा कहिल्यै सुख हुनेछैन ।

संसारका हर प्राणीमा आ-आफ्नै नियम, कर्तव्य, खाना र रुचाइ हुन्छ । जस्तै खानाको रुपमा बाघले कहिले घाँस खाँदैन, गाईले कहिले मासु खाँदैन, त्यस्तै घोडा कहिले बस्दैन र कर्तव्य, गुणी, आज्ञापालकमा कुकुर जस्तो प्राणी अरु कोही छैन । संसारका हर प्राणी हामी मानव जाती बाहेक सबैको आ–आफ्नो नियममा बसेकै हुन्छ । तर विडम्बना विवेकशील, चेतनशिल प्राणीमा सर्वश्रेष्ठ भएर पनि हामी मानवजाती अरु प्राणी सरह न कर्तव्य पालन, आज्ञाकारी र गुणी नै हुन सकेका छौं ।

महात्मा गौतम बुद्ध बौद्ध धर्मका प्रवर्तक तथा हिन्दू धर्ममा उनलाई भगवान विष्णुको नवौं अवतारका रुपमा मानिन्छ । गौतम बुद्धले आफ्नो प्रवचनहरुमा जीवनलाई सुखी र सफल बनाउने कयौँ तरिका बताएका छन् । गौतम बुद्ध भन्छन् शंका गर्ने बानी निकै खतरनाक हुन्छ । शंकाले मानिसहरुलाई अरुबाट अलग गर्छ । यो बानी श्रीमान-श्रीमति बीचको सम्बन्ध, दुई साथीहरुको मित्रता र प्रमि प्रमिकाको प्रेमलाई अन्त्य गर्छ । यसबाट जोगिनुपर्छ । हामी कुनै पनि कुरा प्रति जब क्रोधित हुन्छौं, हामी सत्यको मार्ग छोडेर आफ्नो लागि प्रयास गर्न थाल्छौ । क्रोधित व्यक्ति स्वार्थी हुन्छ । आफ्नो कुरा मात्र मनाउने प्रयातन्न गर्छ । क्रोधदेखि बच्नुपर्छ ।

ईर्ष्या र घृणाको भावनाले जीवनमा कुनै पनि खुशी हासिल गर्न दिदैन । यो भावनाले हाम्रो मनको शान्ति समाप्त गर्छ । अज्ञानी व्यक्ति साढे समान हुन्छ । उ ज्ञानमा नभइ आकारमा ठूलो देखिन्छ । क्रोधलाई पालि राख्नु, तातो कोइला कसैमाथि बर्षाउनलाई समाति राख्नु समान हो । यसले हाम्रो हात पनि जल्छ ।

यस संसारमा कहिले पनि खुशी र सुख स्थाई हुन सक्दैन। ठीक यसरी नै दुख पनि स्थाई हुदैन । यदि तपाईँ अध्याँरोमा डूब्नु भएको छ, खराब समयको सामना गरिरहनुभएको छ भने तपाईले प्रकाशको खोजि गर्नुपर्नेछ । बितेको समयको याद गर्नु हुदैन । भविष्यको लागि सपना देख्नु हुदैन, तर तपाईको दिमागलाई वर्तमानमा नै केन्द्रित हुनुपर्छ ।

जीवनभर बिना ध्यान साधना गर्ने अपेक्षा जीवनमा एक दिन समझदारीसँग जिउनु कयौँ गुणा राम्रो हो । तपाईँ आफ्नो रिसको लागि दण्डित हुनुपर्दैन, तपाईँ आफ्नो रिसबाट आफैँ दण्डित हुनुहुनेछ । हरेक मानिस आफ्नो स्वास्थ्य वा बिमारीको कारक हो । यसैले खान-पिन र दिनचर्याको ध्यान राख्नुपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत