राजनीति

यात्रा लामाे छ : दुई नेताकाे भेटबाट आशा कि निराशा ?

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले वार्ता भएको छ ।

नागपोखरिस्थित होटल मेरियटमा एमालेका निलम्बित रहेका नेपालले वार्तापछि बाहिरिएका नेता नेपालले वार्तामा कुनै प्रगति नभएको बताएका छन् ।

'हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन' नेता नेपालले भने । 

ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले दुई नेताल कुनै आवेशमा नआई छलफल गरेको बताए । उनले डेढ-दुई घण्टा दुई नेताबीच एक्लाएक्लै कुरा हुनु सकारात्मक संकेत भएको बताए । उनले दुवै नेताको कुनै हालतमा पार्टी टुट्न नहुने धारणा रहेको बताए ।

यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा तिक्तता भएकै अवस्थामा हिजो बुधबार साँझ ओली र नेपालबीचमा  भेटवार्ता भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा हुने पूर्वसन्ध्यामा हिजो भएको ओली र नेपालबीचको भेटले सत्तारुढ नेकपा एमालेभित्र सकारात्मक तरङ्ग पैदा गरेको थियो । 

नेताद्वयबीच लामो समयदेखिको संवादहिनता तोड्दै हिजोदेखि २ चरणमा वार्ता भइसकेको छ । भेटलाई नेता तथा कार्यकर्ताहरूले आशा र उत्सुकताका साथ हेरिरहेका छन् । 

भेटका क्रममा नेताद्वयले संयुक्तरूपमा हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकनसमेत गरेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । तस्बिर-सूर्यथापाकाे ट्वीट्बाट ।

गाउँ सहर संवाददाता

तपाईँको मत