दिगोविकास

पाण्डेकाे स्पष्टिकरण-आफू पक्षले गरेको पार्टी भेला एकता र हितमा, ओलीको पछिल्ला कदम विधानविपरीत

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदीय दलका नेता  केपी शर्मा ओलीलाई स्पष्टिकरण बुझाएका छन् ।

पाण्डेले चार पेजको जवाफमा अध्यक्ष केपी ओलीको पछिल्ला कदमलाई विधानविपरीत भएकाे उल्लेख गरेका छन् । पाण्डेले आफूले पार्टी विधानको कुनै पनि धाराको व्यवस्था विपरीत कुनै काम नगरेको स्पष्ट पारेका छन् । 

उनले आफ्ना गतिविधिलाई ‘अलग पार्टी खोलेको’ अर्थ लगाउन नमिल्ने बताएका छन्। पाण्डेले गत चैत्र ४ र ५ गते आफू पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम भएको बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत