गाउँ सहर

पार्टीभित्रका फाेहाेर सफा गर्न नसके पनि कार्यालय त सफा गर्न सकिन्छ नि !

काठमाडौं । नेपाली कांग्रेस महिला विभागका एक हुल महिला हातमा कुचाे र झाडू बाेकेर पार्टीकाे केन्द्रिय कार्यालयमा देखिए । 

बिहीबार बिहानकाे कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कुचाे र झाडूसहित पुगेका उनीहरूले कार्यालय सरसफाइ र स्यानिजाइज गरेका छन् ।

कार्यालय सरसफाइमा पुगेकी केन्द्रीय महिला विभाग सदस्य शकुन्तला त्रिपाठीले सरसफाइ अन्य बेलामा पनि नियमित नै हुने गरेकाे तर आज भने काेराेनाकाे जाेखिम बढ्दै गइरहेकाे बेला अझ विशेष सरसफाइमा ध्यान दिनुपर्दछ भन्ने सन्देश दिनकाे लागि पनि विभागकी सदस्य सचिव लक्ष्मी खतिवडासहित आएकाे बताइन् । 

साे क्रममा एक सदस्यले भनिन्,"पार्टीभित्रका फाेहाेर सफा गर्न नसके पनि कार्यालय त सफा गर्न सकिन्छ नि ।"

उनीरूले कार्यालयलाई स्यानिटाइज गर्नुका साथै पार्टी कार्यालय हातामा सरसफाइ गरेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत