अर्थतन्त्र

आज पनि सुनचाँदीको मूल्य बढ्याे

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत