समाज

टिपरसँग मोटरसाइकल ठोक्किँदा जनाको मृत्यु

प्रतिकात्मक फाेटाे ।

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत  दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु गएको हो । पाठककाे उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका र उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत