त्रिकोणात्मक टी-ट्वेन्टीको फाइनलमा नेदरल्याण्ड्स र नेपाल
- गाउँ सहर संवाददाता
- ८ बैशाख बुधबार, २०७८ | २०:०६:०० मा प्रकाशित
काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्स र नेपाल खेल्ने भएका छन् ।
सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।
वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।
चार खेलबाट नेदरल्याण्ड्सले पाँच अंक जोड्यो । तीन खेलबाट नेपालको ४ अंक छ ।
अब लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया भिड्ने छन् । उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ ।
मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ । नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।
डक वर्थ लुइस नियमका आधारमा १० ओभरमा ९२ रन बनाउनुपर्ने लक्ष्य पाएको मलेसियाले ९१ रनमात्र जोड्न सकेको हो । मलेसियालाई अन्तिम ओभरमा ७ रन मात्र आवश्यक भएपनि सेबास्टियन ब्रातले कसिलो बलिङ गरे । अन्तिम बलमा दुई रन आवश्यक रहेको अवस्थामा मलेसियाले एक रन मात्र थप्न सक्यो ।
वर्षाले खेल प्रभावित भएपछि नेदरल्याण्ड्सले १३ ओभरमा घटाइएको खेलमा एक सय ७ रन बनाएको थियो । मलेसियाले १३ ओभरमा एक सय २० रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । फेरी खेल वर्षाले रोकिएपछि १० ओभरमा ९२ रन बनाउनुपर्ने मलेसियाले नयाँ लक्ष्य पाएको थियो । तर बनाउन नसकेपछि अंक तालिकाकाे पुच्छरमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस