पूर्वाधार

पछिल्लाे २४ घण्टामा १९ वर्ष सम्मका २७६ जना बालबालिका काेराेना संक्रमित, सबैभन्दा धेरै युवामा फैलदै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन परीक्षण गर्दा १३१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ० देखि ९ वर्ष उमेर समूहका ५२  र १० देखि १९ वर्ष उमेर समूहका भने २२४ जना बालबालिका कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका ५६४ जना युवा संक्रमित भएका छन् भने त्यसपछि २० देखि २९ वर्ष उमेर समूहका ५४८ युवा संक्रमित भएका छन् । 

 

९० देखि १०० वर्ष उमेर समूहमा १ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ ।  

बुधबार थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाबाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत