कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ८ बैशाख बुधबार, २०७८ | १६:३१:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १८५ आइसियू र ५१२ भेन्टिलेटर मात्र छन् ।
देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४४ पिसिआर विधिबाट र ८०३ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ । जसमा दुबै गरेर २ हजार ३५१ संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमध्ये काठमाडाैँमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २८७ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका संस्थागत आइसोलेशनमा ९ हजार ७४६ र हाेम आइसोलेशनमा रहनेकाे संख्या ८३६ छ ।
छिमेकी राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
सरकारले कोभिडको जोखिमलाई मध्येनजर गर्दै कोरोना प्रवाहित १४ जिल्लाका सहरी इलाकाका स्कूल कलेज भौतिक रुपमा बन्द गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस