अर्थतन्त्र

प्रभु बैंककाे महादेवफाँट शाखा कार्यालय सञ्चालनमा

काठमाडाैँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७८/०१/०८ देखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आप्mनो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले विहान १०ः०० बजे गरे ।

उक्त महादेवफाँट शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने, स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत