गाउँ सहर

नक्कली पिसिआर रिपोर्ट बनाउने पक्राउ

तस्बिर नेपाल प्रहरी ।

काठमाडाैँ । विदेश जाने भन्दै नक्कली पिसिआर रिपोर्ट बनाउने ८ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. (संचालक डा.सि.पी.श्रीकुमार) र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि. (संचालक प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ) समेतबाट वैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली PCR रिपोर्ट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७८।०१।०७ गते दिउसो अ. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि बाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ (आठ ) जना ब्यक्तिहरुलाई यस महाशाखाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट खुल्न आए अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग PCR परीक्षण शुल्क प्रतिब्यक्ति रु,९,००० ।-लिई सुरिया हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको बुझिएको बताएकाे छ ।

पक्राउ परेका व्यक्तिहरु :-

१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने वर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।

२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने वर्ष ३२ को प्रमोद कुमार यादव ।

३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने वर्ष ५० को प्रदिप कुमार गिरी ।

४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने वर्ष २५ को अमन कुमार यादव ।

५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने वर्ष ३२ को वजेश पोख्रेल ।

६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने वर्ष २२ को बादल मिरिङ छिङ ।

७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने वर्ष २२ को सरोज क्षेत्री ।

८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने वर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।

गाउँ सहर संवाददाता

तपाईँको मत