गाउँ सहर

बागमती प्रदेश लोकसेवाको परीक्षा स्थगित

मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगले आगामी १७ र १८ गतेका लागि तोकेको परीक्षा कार्यक्रम स्थगन गरेको छ ।

प्रदेश लोकसेवा आयोग परीक्षा सञ्चालन शाखाका निमित्त सचिव भोला दाहालद्वारा जारी सूचनामा वैशाख १७र १८ गतेका दिन खुला/समावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन /लेखा समूह ,सहायक स्तरको चौथो/सह–लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को सूचना नभएसम्म स्थगन गरेको उल्लेख गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत