गाउँ सहर

७३५ जना काेराेना बिरामी भएपछि नेपालगञ्ज उपमहानगरमा हिँड्डुलमा समेत निषेध

काठमाडौं ।  बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । बुधबारसम्म त्यहाँ ७३५ जना काेराेनाका सक्रिय संक्रमित थपिएपछि बाँके जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर बन्द गर्न सूचना प्रकाशित गरेकाे छ । 

मुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नु परेको प्रजिअ गेलालले बताए । लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत