भरे पर्छ, सिइडिबि हाइड्रोपावरकाे आइपीओ बैशाख १७ गतेदेखी
- गाउँ सहर संवाददाता
- ८ बैशाख बुधबार, २०७८ | ११:५१:०० मा प्रकाशित
काठमाडौं । सिइडिबि हाइड्रोपावर कम्पनीले बैशाख १७ गतेदेखी साधारण सेयर (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आइपीओमा बैंशाख १७ गतेदेखी बैशाख ३१ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर छिटोमा भने बैशाख २१ गते नै आइपीओ बिक्री बन्द हुने उल्लेख गरिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात् ५० हजार ३ सय ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता नागरिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सबै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीलाई सो आइपीओ निष्काशनका लागि केयर रेटिङले ‘केयर एनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ । सो ग्रेडिङले कम्पनीको दायित्व वहन क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस