अर्थतन्त्र

सुन तोलामा एक हजार ३०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियाे

काठमाडाैं । बुधबार सुनको मूल्य बढोत्तरी भएको छ । यस दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन, मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । वैशाख लागेयता निरन्तर सुनको मूल्य उकालो लागेको थियो जुन मंगलबार मात्र ओरालो लागेको थियो ।

चाँदीको भाउ लगातार चार दिन एकै भाउमा कारोबार भएपनि बुधबार भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच हुँदैछ । वैशाख ३ गतेयता चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत