खेल

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२१५बजे खेल शुरु हुनेछ ।

दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्स आजको जीत हासिल गरी फाइनलमा स्थान पक्का गर्ने योजनामा छ ।

नेदरल्याण्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले र तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो ।

उता जितविहीन मलेसियालाई आजको खेल जिते पनि फाइनल पुग्न कठिन छ । मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले र दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । तीन खेलमा दुई खेल जित्दै आयोजक नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले हराएको थियो । नेपालले लीग चरणको अन्तिम खेल भोलि मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा जारी शृङ्खलाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते शनिबार हुनेछ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत