गाउँ सहर

युनाईटेड क्लवको ११ औँ वार्षिकोत्सव  तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा । युनाईटेड क्लव पोखराको ११ औ वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सव बाटै बचेको रकमबाट शिक्षा, स्वास्थ्य ,खेलकुद, पर्यटन प्रवर्द्वनको लागि चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आईरहेको क्लवले आफ्नो ११ औ वार्षिकोत्सब कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल लेखनाथ अर्चलेमा सम्पन्न गरेको हो ।

क्लवले वार्षिकोत्वसवको अवसर पारि क्लवमा आवद्व भएर विभिन्न संघ संथामा निर्वाचित तथा मनोनित  भएका हरुलाई सम्मान समेत गरेको छ । जस अन्तर्गत क्लवका सल्लाहकार तीर्थ लाल श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरमा नियुक्ति भएकोमा , क्लवका आजीवन सदस्य मीन गुरुङ  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटरमा नियुक्ति, क्लवका सल्लाहकार गोविन्द घिमिरे पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सञ्चालक समितिमा मनोनित भएकोमा, क्लवका सदस्य सीमा गुरुङ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द पृथ्वीचोक अन्तर्गत पोखरा महानगरपालिका वडा नम्वर १० को संयोजकमा मनोनित भएकोमा, क्लवका आजीवन सदस्य नवीन श्रेष्ठ पोखरा चेम्वर अफ कमर्स कास्कीको युथ चेम्वर अफ कमर्सको सचिवमा निर्वाचित र क्लवको मिडिया कोअर्डिनेटर गिता राना मगर नेपाल पत्रकार महासंघ कास्कीको सदस्यमा निर्वाचित भएकोमा सम्मान तथा बधाइ ज्ञापन गरेको हो ।

वार्षिकोत्सबको उद्घाटन गर्दै  डिभिजन बनकार्यालय कास्कीका प्रमुख केदार वरालले पचभैयामा निर्माणाधिन प्राणी उद्यान केन्द्र निर्माणमा युनाईटेड क्लवको मुख्य भूमिका रहेको बताउँदै युनाईटेड क्लवको सामाजिक कामको प्रशंसा गरे ।

चिडियाखाना निर्माण कार्य हुँदै गर्दा विचमा उत्पन्न समस्या उत्पन्न भएर कामहरु रोकिएको बताउँदै अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट आएको चार करोड खर्च हुन नसकेको अहिले डेढ करोड वजेट विनियोजन भएको वताउदै वरालले उक्त वजेटले पचभैया बाहेकका अन्य सामुदायिक वनहरुमा फुट ट्रेक र अन्य शाखा सडकहरु निर्माण असार सम्म सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरे ।

संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा विभिन्न सामाजिक काम गरेतापनि पर्यटनको क्षेत्रमा युनाईटेड क्लवले चिडियाखानाको अवधारणा ल्याएको र हाल सम्म सिड मनिको रुपमा ५८ लाख ८५ हजार खर्चिसकेको बताए ।

क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने क्लवका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद र कार्यक्रमको सञ्चालन महासचिव शान्त वहादुर थापाले गरेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत