गाउँ सहर

जिल्ला प्रशासन कार्यालय काठमाडौंको यस्ताे आयाे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? (पूर्ण सूचनासहित्)

काठमाडाैँ । काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी काेभिड-१९ काे जाेखिम बढ्दै गएकाे भन्दै मन्त्रीपरिषदकाे ६ गतेकाे निर्णयानुसार काम कारवाही र गतिविधि सञ्चालन गर्न भनेकाे छ ।

जारी सूचनामा विद्यालय, कलेज, तालिम केन्द्र, ट्यूसनलगायतका क्रियाकलापकाे भाैतिक उपस्थिति गर्न महिनाभर राेक लगाएकाे छ । तर उनीहरूले भर्चुअल कक्षा भने लिन सक्ने उसले बताएकाे छ । 

यस्तै जिप्रका काठमाडाैँले सिनेमा हल, पार्टी तथा जिम हल, दाेहाेरी, नाचघर, भीड हुने अन्य क्षेत्र बैशाख अन्तिमसम्म राेक लगाउँदै अन्य व्यवसायीले पनि ताेकिएकाे मापदण्डमा रहेर सुरक्षित तरिकाले सञ्चालन गर्न भनेकाे छ ।

यस्ताे छ सूचना

गाउँ सहर संवाददाता

तपाईँको मत