एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | १७:२९:०० मा प्रकाशित
बागलुङ । बागलुङकोको बलेवा नारायणस्थान स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए ।
सङ्क्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिए । शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरेको बागलुङ नगरपालिकाका नगर शिक्षक अधिकारी डण्डापानी शर्माले जानकारी दिए ।
धेरै संख्यामा विद्यार्थी कोरोना सङ्क्रमित भएपछि नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमण समुदायमा फैलने त्रास बढेपछि तीन वटा वडालाई तत्काल दश दिनको लागि सिल गरी सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने नगर शिक्षा अधिकारी शर्माको भनाइ छ ।
वडामा सार्वजनिक सेवा तथा यातायात सेवा बन्द गरी कोरोना नियन्त्रणको प्रयास गर्न अहिले बानपा १४ र १३ नम्बर वडाको बैठक जारी छ । बानपा १२ ले बुधबार बैठक राखेर आवश्यक निर्णय गर्ने बताइएको छ । जनताधन माविमा शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस