अर्थतन्त्र

लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा, साढे २ अंकले बढ्यो नेप्से

काठमाडाैं । मंगलबार शेयर बजार परिसूचकमा सामान्य सुधार भएकाे छ । मंगलबार भने २.६८ अंकले बढ्दा नेप्से २६६४.६१ विन्दुमा पुगेको छ ।

 

नेप्से परिसूचक सामान्य अंक बढेपनि कारोबार रकममा भने कमी आएको छ । यस दिन २१६ कम्पनीको ६५ हजार ७९३ पटकको कारोबारमा ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ वटा सूचकमध्ये ९ वटा सूचक बढेको छ भने ४ वटा घटेको छ । विकास बैंक, जलविद्युत, एक प्रतिशत धेरैले सुधार आउँदा ब्यापार, वित्त, जीवन बीमा, अन्य, लघुवित्त, उत्पादन, होटल तथा टुरिजमको सूचकमा सामान्य सुधार आएको छ । लगानी सूचक सर्वाधिक १ प्रतिशतले घटेको बजारमा म्युचुअल फण्ड, निर्जीवन बीमा र बैंकिङ्ग सूचक घटेको छ ।

मंगलबार ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन महिला लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ र हिमालयन उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी समृद्धि फाइनान्स, ओरियन्टल होटल, र छ्याङ्दी हाइड्रोपावर लगायतको शेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २१ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत