स्वास्थ्य

कोरोनाका कारण १४ जनाको ज्यान गयो, १६० जना आइसियूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काेभिड खाेपकाे जानकारी दिँदै नायिका मनिषा काेइराला । तस्बिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ । नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १६० जनाको आइसियूमा, ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

देशमा १ हजार १०६ आइसियू र ४६१ भेन्टिलेटर मात्र छन् ।

देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५५ पिसिआर विधिबाट र ६९ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ । जसमा दुबै गरेर १ हजार ७३६ संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार १०२ पुगेको छ । 

नयाँ संक्रमित १ हजार ७३६ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २५१ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्म २३ लाख ६० हजार ५५५७ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ८ हजार ६५९ र क्वारेन्टाइनमा रहनेको संख्या ९२ छ ।

छिमेकी राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

सरकारले कोभिडको जोखिमलाई मध्येनजर गर्दै कोरोना प्रवाहित १४ जिल्लाका सहरी इलाकाका स्कूल भौतिक रुपमा बन्द गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत