अर्थतन्त्र

काेराेना जाेखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकद्वारा बैंक वित्तीय संस्थालाई ९ बुँदे निर्देशन जारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहरको बढ्दो जोखिमलाई न्यूनीकरण गर्दै पूर्ण स्वास्थ्य सतर्कता सहित सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै विगतमा कोरोना जोखिम न्यूनीकरणका उपायहरु अबलम्बनका लागि गरिएका व्यवस्थाहरुको पुर्ण पालना गर्दै सेवालाई निरन्तरता दिन भनेको हो ।

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै न्यूनीकरणका लागि ९ बुँदे निर्देशिका जारी गरेकाे छ । 

राष्ट्र बैंकका अनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रबाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ती तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन गरेर मात्र सेवा प्रदान गर्नु पर्नेछ । 

सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ ।

कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन भनेको छ ।

 

बैंक वित्तीय संस्थाले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रबाह गर्नु पर्नेछ । 

बैंक तथा वित्तीय संस्थाद्धरा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर र टिस्यू पेपरको व्यवस्था गर्ने केन्द्रीय बैंकले निर्देशन दिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैंठक, गोष्ठि, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रम भचुर्अल माध्यमबाट गर्ने व्यवस्था मिलाउने समेत केन्द्रीय बैंकको निर्देशन रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत