कांग्रेसकाे क्रियाशील सदस्यता भर्ने 'डेडलाइन' बैशाख १५ गते राति १२ बजे
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | ०७:३०:०० मा प्रकाशित
काठमाडाैं । भदौंमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेस क्रियाशील सदस्यता बितरणमा व्यस्त छ ।
साेमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र सबै जिल्ला कार्यसमितिलाई क्रियाशीलको विवरण केन्द्रमा पठाइसक्ने गरि समय थप गरेकाे छ ।
कांग्रेसले गत चैत ३० भित्र क्रियाशीलको विवरण केन्द्रमा पठाउन भनेकाे थियाे । तर, सात जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु नभएकोले समय थप गरेको जनाइएकाे छ ।
गत वर्ष नै टुंग्याउनुपर्ने समायोजन अहिलेसम्म नटुंग्याउँदा सात जिल्लामा कांग्रेसलाई संघीयता आएको छैन । सप्तरी, बारा, पर्सा, सर्लाही, सिन्धुपाल्चोक र सोलुखुम्बुमा समायोजनको विवाद देखिएको छ । दुई वर्ष अघि कांग्रेस केन्द्रीय समिति बैठक संघीयता लागु हुनुअघि कायम रहेको स्थानीय निकायका समितिहरूलाई संघीयतापछि समायोजित भएका स्थानीय तहमध्येका वरिष्ठ सभापतिको संयोजकत्वमा तदर्थ समिति बनाएर समायोजन गर्ने निर्णय गरेको थियो ।
संघीयता आएपछि स्थानीय तहअनुसार बनाउन कांग्रेसले थालेको पार्टी समायोजन प्रक्रिया थप विवादित बनेको छ । सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा समायोजनबारे नेताहरूबीच मतभेद भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बैशाख १५ पछि आउने क्रियाशील सदस्यताको सूची अस्वीकार गरिने बताए ।
नेता लेखकका अनुसार बैशाख १५ गते राति १२ बजेपछि सफ्टवेयरमा क्रियाशीलको विवरण ईन्ट्री गर्न नमिल्ने बनाइदैछ । उक्त समयभित्र जति आउँछ त्यो नै अन्तिम हुनेछ ।
१४ औं महाधिवेशनका लागि कांग्रेसले क्रियाशील सदस्यहरुको संख्या १० लाख पुर्याउँदैछ । कांग्रेसले अन्य पार्टीबाट कांग्रेसमा समायोजन हुनेहरुको हकमा क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमै सोझै बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्राप्त प्रतिक्रिया
Ma ni bharni theya kata samparka gharnuparxa hola
प्रतिकृया दिनुहोस