राजनीति

मन्त्री बनेकाे केही घण्टामै राजीनामा दिन जसपाद्वारा २४ घण्ट‍े अल्टिमेटम, चारैजना निलम्बन

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् । मन्त्रीका रुपमा सोमबार सपथ लिएका चारजना सांसदलाई निलम्बन गरेको छ।

उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

नवनियुक्त मन्त्रीहरुमा पाण्डेलाई भौतिक पूर्वाधार विकास, गुप्तालाई भूमि ब्यवस्था, कृषि तथा सहकारी, पाण्डेलाई शिक्षा तथा सामाजिक र रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहण गराएका थिए । यसअघि आजै नेकपा माओबादी केन्द्रका तर्फबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत