स्वास्थ्य

पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा सोमबार थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका २४ जना र १० देखि १९ वर्ष उमेर समूहका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार १ पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत