त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालको लगातार दोस्रो जित
- गाउँ सहर संवाददाता
- ६ बैशाख सोमबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडाैं । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको नेपालले आज कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा एक सय नौ रनमा अलआउट भयो ।
बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए ।
जवाफमा नेपालले १२ ओभर एक बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । नेपालको जितका नायक बनेका कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो । शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६२ रन जोडेका थिए ।
त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे । उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट हुन पुगे ।
अब नेपालले भोली नेदरल्याण्ड्ससँग आफ्नो तेस्रो खेल खेल्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस