प्रेरणा

लायन्स क्लब काठमाडाैं कपनद्वारा ह्विलचियर सहयाेग

पाेखरा । लायन्स क्लब काठमाडाैं कपनले अपाङ्गता भएका एक जनालाई ह्विलचियर सहयाेग गरेकाे छ । 

लायन्स क्लब काठमाडाैं कपनका प्रेसिडेन्ट कुमार खड्काका अनुसार केही समयअघि भक्तपुर ठिमीका रिजन थापा श्रेष्ठलाई जीवनयापनमा केही सहजता हाेस् भनेर ह्विलचियर उपलब्ध गराइएकाे हाे । 

गाडीको ठक्करबाट दुई खुट्टा एक हात पुर्ण रूपमा चलाउन नसकि अशक्त जीवनयापन गरिरहेका श्रेष्ठ हाल पोखरामा बस्दै आएका छन् ।

उनलाई पाेखरामै ह्विलचियर हस्तान्तरण गरिएकाे हाे । हस्तान्तरण कार्यक्रममा लायन्स क्लब काठमाडाैं कपनका प्रेसिडेन्ट कुमार खड्का, लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानका प्रेसिडेन्ट टंकबहादुर श्रेष्ठ, जिएटी एरिया लिडर खगेन्द्र सिटाैला, काउन्सिल चियरपर्सन इन्द्र खत्री 'राजन', जिएसटि मल्टिपल काेअर्डिनेटर अनन्तप्रसाद भेटुवाल, लायन इयर २०२१/२२ का फस्ट डिस्ट्रिक्ट गभर्नर कर्म गुरूङ, सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर नरनाथ सापकाेटा लगायत लायन लिडरहरूकाे उपस्थिति रहेकाे थियाे ।

बाल अपांग टेवा संस्था बुढानिलकण्ठ नगरपालिका-११ काे सहयाेगमा उक्त ह्वील चियर वितरण गरिएकाे प्रेसिडेन्ट खड्काले जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत