पूर्वाधार

विश्वभर काेराेना : भारतमा हालसम्म डेढ कराेड बढि काेराेना संक्रमित, विश्वभर ३० लाख ३२ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८४ लाख ३६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ५ लाख २७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड १९ लाख नाघेको छ भने मृतकको संख्या ३० लाख  ३२ हजार ७३३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ७ हजार ४४१ जनाको अवस्था गम्भीर छ । 

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित भारतमा भएका छन् । भारतमा २ लाख ७५ हजार ३०६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५० लाख ५७ हजार ६७६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७८ हजार ७९३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २९ लाख ४८ हजार ८४८ जना निको भएका छन् । सक्रिय केस १९ लाख ३० हजार  १२६ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २४ लाख ४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४६ लाख ६१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ६२ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३९ लाख ४३ हजार जना संक्रमितमध्ये १ कराेड २३ लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ७३ हजारभन्दा बढी छन् । हाल ११ लाख ७८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८४ हजार ६७३ जना पुगेका छन् भने २ लाख ७५ हजार ३०० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ८३ पुगेको छ भने ६ हजार २९० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत