वातावरण

साेमबारपनि एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षा

काठमाडाैँ । २०७८ बैशाख ६ गते (सोमबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत