स्वास्थ्य

नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढ्यो, ११६ जनाको आइसियूमा, ४६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ११६ जनाको आइसियूमा, ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

देशमा १ हजार १०६ आइसियू र ४६१ भेन्टिलेटर मात्र छन् ।

देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या ६ हजार २९० रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८४ पिसिआर विधिबाट र ६२९ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ । जसमा दुबै गरेर १०९६ संक्रमण पुष्टि भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत