बादल पुन: गृह मन्त्रीमा नियुक्त
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | १४:२९:०० मा प्रकाशित
काठमाडाैं । रामबहादुर थापा बादल पुन: गृह मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो ।
नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो । राष्ट्रिय सभा सदस्य हटेसँगै स्वत: गृहमन्त्री पद पनि हटेको थियो ।
तर प्रधानमन्त्री ओलीले फेरि गृहमन्त्रीमा बादललाई नै निरन्तरता दिएका छन् ।
ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो । राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए । थापाले आजै गृहमन्त्रीको रुपमा सपथ लिँदैछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस