राजनीति

‘नेतृत्व गर्नुपर्ने अवस्था आयो भने पछाडी हट्दैनौँ तर बहुमतको सरकारसँग निउँ खोज्ने कुरा छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको, तर पाए नछाड्ने बताएका छन्‌ ।

आफ्नै निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति "नेपाली जनजातीय संस्कार र संस्कृति"  विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् ।

तर, नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा भने पछि नहट्ने उनले बताए ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ थियो ।

उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडी हट्दैनौँ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत