राजनीति

‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने, उनकाे ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने

काठमाडाैं । रामबहादुर थापा ‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

त्यसैगरि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलको सांसद पद रिक्त गरेका थिए । सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वत रिक्त भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत