अर्थतन्त्र

७४९ स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७७ फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ फागुनसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकद्वारा जारी आठ महिनामा आधारित देशको वित्तीय अवस्थानुसार, राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ फागुन मसान्तमा १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ फागुन मसान्तमा १०,४३० पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत