खेल

१५ औँ संस्करणको ५ किलोमिटर पोखरा म्याराथनमा परियार र गुरुङले जिते

पोखरा । १५ औँ संस्करणको पोखरा म्याराथन शनिबार सम्पन्न भएको छ । जस अन्तर्गत ५ किलोमिटर छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले दौड जितेका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योती इङलिस बोर्डिङ स्कूल माछापुच्छ्रे लाहाचोकमा अध्ययनरत कास्कीका विवेक परियारले जितेका हुन् । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए ।

यसैगरी छात्रातर्फ भानु मावी तनहुँमा अध्ययनरत नर्मता गुरुङले जितेकी छन् । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेण्डमा पुरा गरिन् ।  दुवैलै दौड जितेसँगै नगद जनही १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरे ।

त्यसै गरी पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट ०२. ५० सेकेण्डमा पुरा गर्दै दोश्रो भएका छन् भने श्री ज्योती मावि नवलपरासीका आशिष पोखरेल २२ मिनेट २२.३० सेकेण्डमा पुरा गर्दै तेश्रो भएका छन् ।

यता छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङ घोराहीकी बन्दना चौधरीले ३० मिनेट १२.२० सेकेण्डमा पुरा गर्दै दोश्रो भइन् भने उदय मावी धम्पुस माछापुच्छ्रेकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेण्डमा दोड पुरा गर्दै तेश्रो भइन् ।

प्रतियोगितामा दोश्रो र तेश्रो हुनेले धावकले क्रमश जनही नगद ७ र ४ हजारका साथमा मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरेका छन् ।

बिजयी खेलाडीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, गैर आवाशीय नेपाली संघ यूकेका प्रमुख संरक्षक मेजर डम्वर घले लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।

कार्यक्रम मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङको अध्यक्षतामा भएको थियो । सफल दुधको मुख्य प्रायोजनमा १५ औं संस्करण अन्तर्गत उक्त दौड प्रतियोगिता भएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत