शनिबार बस दुर्घटनामा परि गम्भिर घाईते भएका तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | ०८:५४:०० मा प्रकाशित
कावासोती । पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु ाबस दुर्घटनामा परि गम्भिर घाईते भएका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलाम निवासी २५ वर्षकी धनु दर्लामी , मकवानपुर बकाया स्थायी घर भई हाल दाउन्ने स्थित बौद्ध गुम्बामा बस्ने ५७ वर्षका ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका निवासी ७२ वर्षका हिमलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको डिएसपी दिलिप कुमार गिरीले दिएका छन् । तीन जनाकै उपचारको क्रममा गएराति मृत्यु भएको उनले बताए । बसमा सवार ३१ जना घाईते भएका थिए , जसमध्ये ५ जनाको अवस्था गम्भिर थियो ।
शनिबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिनयी त्रिवेणी गाउँपालिका दुई स्थित दाउन्नेमा यात्रु बहाक बस अयिन्त्रीत हुन पुग्दा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको हो । बुटवलबाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ७००० नम्बर बस दाउन्ने बजार देखि ५० मिटर पूर्व सडकबाट भिरमा खसेको हो । अन्य घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस