यी हुन् अझैपनि बैंक नपुगेकाे चार स्थानीय तह
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | ०८:४०:०० मा प्रकाशित
काठमाडाैं । सबै स्थानीय तहमा बैंककाे पहुँच पुर्याउने भनिएपनि अझैपनि चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न सकेकाे छैन् ।
देशभर रहेका ७५३ स्थानीय तहमध्ये अझैपनि चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न नसकेको देखिएको हाे ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिना अर्थात फागुनसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । गत आवको फागुन महिनासम्ममा ७४६ स्थानीय तहमा बैंकको शाखा पुगेका थिए ।
राष्ट्र बैंकका अनुसार फागुनसम्ममा चार स्थानीय तहमा वािणज्य बैंकको शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको फागुनसम्मको तथ्यांकअनुसार ताप्लेजुङ्गको मिक्काखोला गाउँपालिका, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका गरी चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगेको हो ।
राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार प्रदेश १, बाग्मती, कर्णाली र सुदुर पश्चिम प्रदेश वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेका प्रदेश हुन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश १ र प्रदेश दुईका स्थानीय तहमा १३६/१३६ वटा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । बागमती प्रदेशमा ११८, लुम्बिनीमा १०९, सुदूर पश्चिममा ८७, गण्डकीमा ८५, कर्णालीका ७८ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस