स्वास्थ्य

विश्वभर १४ कराेड १३ लाख काेराेना संक्रमित, ३० लाख बढिकाे मृत्यु, एक लाखकाे अवस्था गम्भिर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८३ लाख ६१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या ११ करोड ९९ लाख १४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड १३ लाख नाघेको छ भने मृतकको संख्या ३० लाख  २३ हजार ८१३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ६ हजार ८७५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २३ लाख ७२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४९ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ८६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४७ लाख ४२ हजार ४६१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७७ हजार १६८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २८ लाख ५ हजार ९४ जना निको भएका छन् । सक्रिय केस १८ लाख १९९ माब छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३९ लाख जना संक्रमितमध्ये १ कराेड २३ लाख ४४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ७१ हजारभन्दा बढी छन् । हाल ११ लाख ८३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८३ हजार ६५८ जना पुगेका छन् भने २ लाख ७८ हजार ३८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ७५ पुगेको छ भने ५ हजार ५४५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत