प्रेरणा

नकारात्मक विचारबाट कहिल्यैपनि सकारात्मक जीवन जिउन सक्दैनौँ

काठमाडौँ । कुनै काममा सफलता प्राप्त हुन्छ वा हुँदैन, यो कुरा धेरै हदसम्म हाम्रो सोचमा निर्भर रहन्छ । यसकारण सकारात्मक बन्नुहोस् ।

कुनैपनि कामको सुरुवातमा हाम्रो सोच सकारात्मक भएमा त्यो काम पुरा हुने संभावना धेरै हुन्छ । यदि हाम्रो सोच नकारात्मक भए सानो कामपनि कठिन हुन थाल्दछ र सफलता हासिल गर्न सकिँदैन । यसकारण जहिल्यै राम्रो सोच्नुहोस् र सकारात्मकहरुको नजिक बस्नुहोस् ।

  • राम्रो नियतले इश्वर प्रसन्न हुन्छन्, देखावटीले मानिस । यो हामीमा निर्भर रहन्छ कि हामी कसलाई खुसी राख्ने ।
  • पटक पटक असफल हुनु हार होइन, असफल भएर पुनः प्रयास नगर्नु हार हो । जबसम्म सफलता मिल्दैन, कोशिश गरिरहनु पर्दछ ।
  • हामीद्वारा गरिएका गलत कामको लागि हामी आफैँ जिम्मेवार हुन्छौँ । यसकारण नराम्रा विचार र गलत कामबाट जहिल्यै टाढा रहनुहोस् ।
  • कमजोर व्यक्तिलाई विरामी र नकारात्मक विचार भएका व्यक्लिाई समस्याले चाँडै सताउँछ ।

गाउँ सहर डेस्क

तपाईँको मत