स्वास्थ्य

६ दिनकाे काेराेना मिटर : ३१ जनाकाे मृत्यु, थपिए ३ हजार ४१६, स्वास्थ्य लाभ गर्ने ९२६

काठमाडौँ । पछिल्लो छ दिनमा नेपालमा कोरोना संक्रमणको दायरा ह्वात्तै बढेको छ ।

गत आइतबारदेखि शुक्रबारसम्मको तथ्यांकले यहि कुराको संकेत गर्दछ ।

शुक्रबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० छ । यस्तै कुल संक्रमित २ लाख ८२ हजार ८९० पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७४ हजार ८१२ छ । जसमा ५ हजार ८ मा सक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

छिमेकी मुलुकमा नयाँ स्ट्रेनको भाइरसले पुनः गाजिरहेको समयमा नेपालमा पनि कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको हो ।

मन्त्रालयका अनुसार गत ६ दिनमा आइतबार १, सोमबार १३, मंगलबार ५, बुधबार ३, बिहीबार ५ र शुक्रबार ४ जनाको मृत्यु भएको छ । यस्तै नयाँ संक्रमित यसै दिन क्रमशः ३०३, ५५९, ५१७, ६०३, ५३४, ९०० रहेको छ । स्वास्थ्य लाभ गर्नेको संख्या क्रमशः १४१, १३८, १५३, १२९, १५७, २०८ रहेको छ ।

संक्रमणको दर बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडमा सहभागी नहुन आग्रह पनि गरेको छ भने शिक्षा मन्त्रालय अझै ढुलमुलमै छ । अन्य सवारीसाधनको कुरामा पनि सरकारले ठोस निर्णय गर्न सकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत