स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु, थपिए ८४३, निको भए २२६ मात्र

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका ८४३ (७६८ पिसिआर र ७५ एन्टिजेन विधि) नयाँ संक्रमित थपिएका छन् भने २२६ निको भए तर ५ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सहित कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ र निको हुनेको कुल संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । 

आजसहित कुल मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ७४ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत