स्वास्थ्य

विश्वभर काेराेनाबाट हालसम्म ३० लाखकाे मृत्यु, पछिल्लाे २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै मृत्यु, भारतमा संक्रमित बढे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८१ लाख ६४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या ११ करोड ९३ लाख २२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ५ लाख २ हजार नाघेको छ भने मृतकको संख्या ३० लाख  ११ हजार ४७२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ७ हजार ३४ जनाको अवस्था गम्भीर छ । विश्वभर पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै भारतमा संक्रमित थपिएका छन् । भारतमा २ लाख ३३ हजार ९४३ जना संक्रमित भएका छन् भने १३३८ जनाकाे निधन भएकाे छ । त्यसैगरि अमेरिकामा ८१ हजार ६३३ जना संक्रमित थपिँदा ८८४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि सबैभन्दा धेरै ब्राजिलमा ३ हजार ७० जनाकाे मृत्यु भएकाे छ भने ७६ हजार २४९ जना संक्रमित थपिएका छन् ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २३ लाख ५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४८ लाख ३४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ९१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४५ लाख २१ हजार ६८३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७५ हजार ६७३ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २६ लाख ६६ हजार ८८९ जना निको भएका छन् । सक्रिय केस १६ लाख ७९ हजार १२१ मा छ जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३८ लाख ३४ हजार जना संक्रमितमध्ये १ कराेड २२ लाख ९८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ६९ हजारभन्दा बढी छन् । हाल ११ लाख ६६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८२ हजार ८९० जना पुगेका छन् भने २ लाख ७४ हजार ८१२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ७० पुगेको छ भने ५ हजार ८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत