दिगोविकास

बिशेष अदालत काठमाडाैंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडाैं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडाैं जिल्लाको काठमाडाैं बबरमहलमा रहेको बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरमा आज शुक्रबार देखि कारोबार सुरु भएको हो । 

अदालत परिसरमा बिशेष अदालत काठमाडाैंका न्यायाधीश प्रेमराज कार्किबाट एक समारोहका विच प्रभु बैंक लि. बिशेष अदालत काठमाडाैं एक्स्टेन्सन काउण्टरको उद्घाटन भएको छ । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाडाैंमा पनि आफ्नो सेवाविस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरु लाई रकम जम्मा गर्न र बिशेष अदालतको कामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा ATM, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवाप्रवाह गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत