वातावरण

यस्ताे छ आजकाे माैसम

काठमाडाैं । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू-भागमा आंशिक बादल रहेको अवस्था छ ।

शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत