अर्थतन्त्र

वर्षकाे पहिलो कारोबारमा सेयर बजारमा हरियाली, लगानीकर्तामा उत्साह

काठमाडौं । साताकाे अन्तिम दिन तथा यस वर्षकाे पहिलो कारोबारमा सेयर बजारमा हरियाली छाएको छ ।

यसदिन सेयर कारोबार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर २ हजार ७३५.४६ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यससँगै गत वर्षको अन्त्य र नयाँ वर्षको शुरुवात सेयर बजारका लागि सुखद भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । गत मंगलबार ७ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन बजारमा २१८ कम्पनीको ९५ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

एनआइसी एशिया लघुवित्त कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोबार भएको छ । 

बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बेष्ट फाइनान्स कम्पनी, एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभमा कारोबार भएको हो । कारोबारमा आएका मल्टीपर्पस फाइनान्स, नेशनल माइक्रोफाइनान्स र समिट माइक्रोफाइनान्सको शेयरमूल्य भने यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएका कारण लगानीकर्ताहरुमा उत्साह छाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत