स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु, ५३४ थपिए, १५७ ले गरे स्वास्थ्य लाभ

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ६६ पुगेको छ । 

नयाँ संक्रमित ५३४ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १५७ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्म २३ लाख २९ हजार ५४७ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ४ हजार ३८४ र क्वारेन्टाइनमा रहनेको संख्या ६८ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत