गाउँ सहर

मादक पदार्थ सेवन मोटरसाइकल चलाउँदा भक्तपुरमा एकजनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने ३२ वर्षका महेश शाह रहेकाे प्रहरीले जनाएकाे छ ।

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको बा ५३ प ६९३९ नं. को मोटरसाइकल अरनिको राजमार्ग अन्तर्गत एसएस चोक नजिक दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रित भई बाँया तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि घाइते भएका दुईलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका महेन्द्र शाहको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी तिब्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत