अर्थतन्त्र

बिहीबार सुन तोलामा २ सय रुपैयाँले घट्याे

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ, तेजावी ८९ हजार ३५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० र चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत